हट्यो ९ महिना लामो संसदको अवरोध

नयाँ पोस्ट
नयाँ पोस्ट ३ जेष्ठ २०७९, मंगलवार
पढ्न लाग्ने समय 0 मिनेट
Aa

३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले ९ महिना लामो प्रतिनिधिसभा (संसद)मा जारी अवरोध अन्त्य गरेको छ ।

बजेट अधिवेशनको पहिलो दिन एमालेले अवरोध गरेन । आफ्नो दलले कारबाही गरेका सांसदहहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो । एमालेका नाराबाजीका बीच बजेट (प्रतिस्थापपन विधेयक) लगायतका केही विधेयक पास भए पनि संसद प्रभावकारी भएन ।

प्रतिक्रिया दिनुहोस्