अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकामा सञ्चालित सडक आयोजनामा व्यापक भष्टाचार भएको भन्दै कर्मचारीदेखि निर्माण व्यवसायी विरुद्ध मुद्धा दायर गरेको छ ।
गोदावरी नगरपालिकामा सपन्न १३ वटा सडक आयोजनामा कर्मचारीदेखि निर्माण व्यवसायी समेत मिलेर कूल ४ करोड १६ लाख २४ हजार भष्टाचार भएको अख्तियारको ठहर छ । अख्तियारले गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु खेमराज विष्ट र देवराज जोशीसहित कर्मचारी, इन्जिनियर र निर्माण व्यवसायी विरुद्ध ३ वटा भष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको हो ।
अख्तियारले उनीहरु बिरुद्ध सो रकम बराबर बिगोबमोजिम जरिवाना, बिगो असुल र कैद सजाय मागदाबी लिइएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।
गोदावरी नगरपालिका तत्कालीन प्रशासकीय अधिकृत खेम राष्ट विष्टले १५ लाख १७ हजार ६ सय ९७ रुपैयाँ, तत्कालीन इन्जिनियर पुर्ण कुँवरले १५ लाख १७ हजार ६ सय ९७ रुपैयाँ, तत्कालीन सब–इन्जिनियर नरेन्द्र शाहीले पनि १५ लाख १७ हजार ६ सय ९७ रुपैयाँ, ल्याब टेक्निसियन धन बहादुर बिष्टले १४ लाख ९६ हजार १ सय ५५ रुपैँया र निर्माण व्यवसायी हरि सिंह विष्टले १५ लाख १७ हजार ६ सय ९७ रुपैयाँ भष्टाचार गरेकोले कैद, बिगोबमोजिमको जरिवाना र उक्त बिगो समेत असुलउपर गर्न मागदावी लिइएको छ ।
यस्तै दोश्रो मुद्धामा गोदावरी नगरपालिकाका तत्कालीन प्रशासकीय खेमराज विष्टले ४२ लाख ५ सय ३१ रुपैयाँ हानी नोक्सानी गराएको, तत्कालीन प्रशासकीय अधिकृत देवराज जोशीले वास्तविक नापभन्दा बढी कार्य देखाई ६ लाख ७८ हजार २ सय २० रुपैयाँ हानीनोक्सानी गरेको, पूर्व इन्जिनियर पुर्ण कुँवरले ४८ लाख ७८ हजार ७ सय ५१ रुपैयाँ हानीनोक्सानी पु¥र्याई भष्टाचार गरेको, तत्कालीन इन्जिनियर भक्तराज जोशीले २७ लाख ५८ हजार ४ सय ३२ रुपैयाँ भष्टाचार गरेको, तत्कालीन सब इन्जिनियर नरेन्द्र शाहीले २१ लाख २० हजार ३ सय १९ रुपैयाँ भष्टाचार गरेको, ल्याव टेक्निसियन धन बहादुर विष्टले ४० लाख १७ हजार ६ सय रुपैयाँ हानी नोक्सानी पु¥र्याई भष्टाचार गरेको र निर्माण व्यवसायी संतोष जोशीले ४८ लाख ७८ हजार ७५१ रुपैयाँ हानी नोक्सानी गरेको अख्तियारको ठहर छ ।
यस्तै अख्तियारले दायर गरेको तेश्रो मुद्धामा कैलाली गोदावरी नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत खेमराज विष्टले ७ लाख ६७ हजार ९ सय ८८ रुपैयाँ, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले २४ लाख ५१ हजार ५ सय २६ रुपैयाँ, तत्कालीन इन्जिनियर पुर्ण कुँवरले ३२ लाख १९ हजार ५ सय १४ रुपैयाँ, पूर्व सव इन्जिनियर ज्ञानेन्द्र बुढाले ३२ लाख १९ हजार ५ सय १४ रुपैयाँ, ल्याव टेक्निसियन धनबहादुर विष्टले २९ लाख २८ हजार १ सय ६८ रुपैयाँ र निर्माण व्यवसायी कामी शेर्पाले २९ लाख २८ हजार २ सय ७४ रुपैयाँ भष्टाचार गरेको ठहर गर्दै कैद सजाय, विगो बमोजिमको जरिवाना र बिगोसमेत असुल उपर गरी पाउन मागदावी लिइएको अख्तियारका प्रवक्ता भण्डारीले जनाएका छन् ।
Source : ratopati.com
प्रतिक्रिया दिनुहोस्