बालेन साहले गरे नुवाकोटको सिस्डोल बञ्चरे डाँडा डम्पिङ साइटको यात्रा (फोटो फिचर)

नयाँ पोस्ट
नयाँ पोस्ट १३ जेष्ठ २०७९, शुक्रबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले नुवाकोटको सिस्डोल र बञ्चरेडाँडाको डम्पिङ साइटका अवलोकन गरेका छन् ।
शुक्रबार विजयी घोषणापछि काठमाडौंमा धन्यवाद र्याली सकेर उनी सिस्डोल र बञ्चरेडाँडाको अवलोकनका लागि गएका थिए । काठमाडौं महानगरपालिकाको मुख्य चुनौती रहेको फोहोर व्यवस्थापनबारे बुझ्न उनी त्यहाँ पुगेका थिए ।
सिसाडोल र बञ्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापन गर्ने गरिएको छ । उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सो क्षेत्रमा समय समयमा स्थानीयले अवरोध गर्दै आएका छन् ।
साहले फोहोरमैलाको समस्या दीर्घकालीन रुपमा समाधान नभई आफूले जितको कुनै उत्सव नमनाउने, खाँदा र माला नलगाउने साथै अन्तर्वार्ता पनि नदिने बताएका छन् । निर्वाचित भएको पहिलो दिन फोहोर व्यवस्थापनका लागि सक्रियता देखाएका साहले कसरी काम अघि बढाउँछन् त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्