भारतको पन्जाबमा एकजना गायकको हत्यामा संलग्नलाई पक्राउ गर्न दिल्ली प्रहरीको विशेष टोली नेपाल आएको छ ।
भारतीय सञ्चारमाध्यम इन्डिया टुडेकाअनुसार गायक सिद्धु मुसेवालाको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दिल्ली प्रहरीको विशेष टोली शुक्रबार नेपाल नेपालमा आएको हो ।
विशेष स्रोतको हवाला दिएर इन्डिया टुडेले गायक मुसेवालाको हत्या गरेर अपराधी हिमालयन राष्ट्र नेपाल आएको विश्वासका साथ दिल्ली प्रहरी नेपाल आएको बताएको छ ।
गत आइतबार मुसेवालाको पन्जाबको मन्सा जिल्लास्थित जवाहार्के गाउँमा हत्या भएको थियो ।
प्रतिक्रिया दिनुहोस्