माधव नेपाल पुगे सुर्खेतको काँक्रेविहार

नयाँ पोस्ट
नयाँ पोस्ट २० जेष्ठ २०७९, शुक्रबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुर्खेतको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल काँक्रेविहारको अवलोकन गरेका छन् । पार्टीको कार्यक्रममा बिहीबार सुर्खेत आएका नेपालले शुक्रबार दिउँसो काँक्रेविहारको भ्रमण गरेका हुन् ।

उनले बुलबुले तालको पनि अवलोकन गरेका छन् । यसअघि मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले काँक्रेविहारको अवलोकन गरेकी थिइन् । नेपालले बिहीबार एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिएका थिए भने जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा र कमरेड पुष्पलाल विषयमा अन्तरक्रिया गरेका छन् । शुक्रबार पनि नेपालले पार्टीका नेता, कार्यकर्तालाई प्रशिक्षण दिएका छन् । नेपाल शनिबार मात्र काठमाडौं फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्