राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा काठमाडौंबाट बिजयी भएका जनप्रतिनधीलाई सम्मान गर्ने भएको छ । शनिवार बिहान साढे ११ बजे नबदुर्गा पार्टी प्यालेस सुकेधारा काठमाडौंमा एक कार्यक्रमका बिच सम्मान गर्न लागिएको राप्रपाका काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले नयाँ पोष्ट डटकमलाई जानकारी दिए ।
उनले कार्यक्रममा स्थानिय तहको निर्वाचन समिक्षा गरिने र राप्रपाबाट काठमाडौं जिल्लाको स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गर्न लागिएको जानकारी दिए । उनले स्थानीय तहमा उम्मेदवारी दिने राप्रपाका नेता कार्यकर्ता, जिल्ला, क्षेत्र, नगर, वडा कार्यसमिति सदस्यहरुलाई कार्यक्रममा बोलाइएको जानकारी दिए ।
काठमाडौं जिल्लामा राप्रपाले १ नगर प्रमुख ४ वडाध्यक्ष र १६ नगर वडा सदस्यमा जित हात पारेको छ । कार्यपालिका सदस्य निर्वाचन हुदा ९ जना कार्यपालिकामा वडा अध्यक्ष सरहको पदमा निर्वाचित भएका छन । काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाले पहिलोपल्ट जित हात पारेको हो ।
राप्रपा काठमाडौंले जनप्रतिनिधिलाई बधाई तथा सम्मान गर्ने

प्रतिक्रिया दिनुहोस्