शंखरापुर नगर प्रवक्तामा राधाकृष्ण श्रेष्ठ : जेष्ठ नागरिक र गर्भवती महिलालाई निःशूल्क एम्बुलेन्स सेवा दिने निर्णय

नयाँ पोस्ट
नयाँ पोस्ट २० जेष्ठ २०७९, शुक्रबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

काठमाडौंको शंखरापुर नगरपालिकाको प्रवक्तामा राधाकृष्ण श्रेष्ठलाई जिम्मेवारी दिईएको छ । शुक्रबार बसेको शंखरापुर नगरपालिकाको नगर कार्यपालिकाको पहिलो बैठकले श्रेष्ठलाई नगरपालिकाको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । उनी राप्रपाबाट निर्वाचित वडा नंबर ६ का अध्यक्ष समेत रहेका छन् ।
यस्तै नगर कार्यपालिका बैठकले ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिक एवं गर्भवती महिलाहरूका लागि एम्बुलेन्स सेवा निःशुुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।
साथै शंखरापुर नगरपालिकाका प्राकृतिक स्रोत जस्तै ढुङ्गा, बालुवा, गिट्टी र माटोको अबैध उत्खनन रोक्ने निर्णय गरेको प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्