बालेन–प्रचण्ड भेट : बालेनले क्रान्ति गरेको प्रचण्डको भनाई

नयाँ पोस्ट
नयाँ पोस्ट २१ जेष्ठ २०७९, शनिबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ । शाहले ‘प्रचण्ड’ सँग उनकै निवासमा पुगी भेटेका हुन् । शाह शनिबार बिहान खुमलटारस्थित दाहालको निजी निवास पुगेका थिए ।
सो भेटमा अध्यक्ष प्रचण्डले बालेनलाई बधाई दिदैँ स्वतन्त्रबाट निर्वाचित भएर क्रान्ति गरेको बताएका छन् । उनले बालेनको जितबाट आफ्नो पार्टी अत्यन्तै उत्साहित भएको बताउँदै देश र जनतालाई सर्वोपरी ठानेर काम गर्न अनुरोध गरे ।
उनले बालेनको जित क्रान्तिकारी भएको र जनताको समस्या समाधानमा केन्द्रीत हुन आग्रह गर्दै त्यसका लागि आफ्नो पार्टीले सहयोग गर्ने बचन समेत दिए । बालेनले यसअघि काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग भेटवर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्