निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जे गर्नपनि तयार छु – अर्थमन्त्री शर्मा

नयाँ पोस्ट
नयाँ पोस्ट २१ जेष्ठ २०७९, शनिबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार वीरगञ्ज उद्योग बाणिज्य संघको ४६औं साधारणसभामा बोल्दै मन्त्री शर्माले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले भने, ‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष सुरु गर्ने हो । यसको लागि आफू जे पनि गर्न तयार छु । यो जनार्दन शर्माको प्रतिबद्धता हो । शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो ।’

अर्थमन्त्री शर्माले वीरगञ्ज चिनी मिल चलाउने कुरा बजेटमा उल्लेख गरिएको भन्दै त्यसलाई मजाकको रुपमा नलिन पनि आग्रह गरेका छन् । उनले ५–७ महिनादेखी निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा सो चिनी मिल चलाउन सरकार तयार रहेको बताए ।

मन्त्री शर्माले चिनी मिल सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन वीरगञ्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने आवश्यक्ता औंल्याएका ।

कार्यक्रममा बोल्दै अर्थसचिव मधुकुमार मरासिनीले वीरगञ्ज क्षेत्र उद्योग व्यापारमा ‘लाइफलाइन’ भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्