पुजीँ बजार सुधारका लागी २५ सदस्यीय संघर्ष समिति गठन

नयाँ पोस्ट
नयाँ पोस्ट २१ जेष्ठ २०७९, शनिबार
पढ्न लाग्ने समय 2 मिनेट
Aa

सेयर लगानीकर्ताहरूको भेलाले पुँजी बजार सुधार र विकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठनसहित दबाबमूलक कार्यक्रम घोषणा गरेको छ ।

सरकारलेसाढे तीन वर्षअघि नै गरिसक्छु भनेका काम नहुँदा पुँजी बजारमा गम्भीर संकट आएको भन्दै १९ बुँदे मागसहित कोइराला असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् । अनशनअघि लगानीकर्ताले शान्तिपूर्ण कार्यक्रम घोषणा गरेका हुन् ।

काठमाडौंको भृकुटीमण्डपमा जेठ २१ गते भएको सेयर एक सय जनाभन्दा बढी लगानीकर्ताको भेलाले पुँजी बजार सुधार र विस्तारका लागि दबाबमूलक कार्यक्रमहरू गर्ने निर्णय गरेको छ ।

लगानीकर्ताले जेठ २३ गते धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने, २४ गते अर्थ मन्त्रालय जाने, २५ गते प्रधानमन्त्रीलाई भेट्ने, २६ गते राजनीतिक पार्टीसँग छलफल गर्ने, २७ गते माइतीघर मण्डलादेखि बानेश्वरसम्म कालो ब्यानरसहित जुलुस गर्ने र ९ गतेपूँजी बजारका विज्ञहरूसहित बृहत् छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

संघर्ष समितिमा पवित्रा ज्ञवाली, रमेश ढकाल, गोपाल स्वामी, एसपी चौलागाईं, नानीबाबु खरेल, पुरुषोत्तम कँडेल, एलपी साह, सञ्जय थापा, देवबहादुर कार्की, लक्ष्मण बन्जारा, सुमन भण्डारी, विनोद कार्की, पीताम्बर फुलेल, राजु ओझा, माधवप्रसाद गौतम, सुन्दर श्रेष्ठ, पुरुषोत्तम सापकोटा, गणेश उप्रेती, शुकदेव भण्डारी, कमल पन्थी, सुदर्शन पाठक, पासाङ शेर्पा, मुरारी सिटौला, विदुर थापा र प्रह्लाद वस्ती सदस्य छन् ।

भेलाले पविज्ञा ज्ञवालीलाई आर्थिक संकलन संयोजकको जिम्मेवारी दिँदै कार्यक्रमका लागि आर्थिक संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्