हरिहर र निता असारमा विवाह गर्दै

नयाँ पोस्ट
नयाँ पोस्ट २२ जेष्ठ २०७९, आईतवार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना विवाह बन्धनमा बाँधिने भएका छन् । दुबैले असारमा विवाह गर्न लागेका हुन् ।

दुबैले असारमा विवाह गर्ने तयारी गरेको नीता र हरिहरको प्रोडक्सनमा काम गर्दै आएका दिक्सप्रकाश अधिकारीले जानकारी दिए । ‘दुबैको विवाह असारमै हुने कुरो छ । मिती भने फिक्स भएको छैन’ अधिकारीले थपे । करिब तीनवर्षदेखि प्रेम सम्बन्धमा रहेका यो जोडीले फिल्म ‘ह्रस्वदीर्घ’ निर्माणको तयारी समेत गरेका छन् ।

चन्दै पन्तको निर्देशन रहने फिल्ममा दुबै मुख्य भूमिकामा देखिँदैछन् । फिल्मको ‘ह्रस्व दीर्घ’मा भिलेनको भूमिका साउथ कलाकार प्रदीपसिंह रावत देखिँदैछन् । विवाहमा सहभागी हुन रावत पनि नेपाल आउने बताइएको छ । नीता र हरिहरले एक टेलिभिजन कार्यक्रममा समेत लामो समयदेखि सहकार्य गरिरहेका छन् । उक्त कार्यक्रमको निर्देशक नीता हुन् भने संचालक हरिहर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्