नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा सांसद झलनाथ खनालले मन्त्री बनाउने या नबनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताएका छन्। सोमबार संसद भवन बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै खनालले सो कुरा बताएका हुन्।
एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरेको भए पनि सो कुरा कार्यान्वयन हुन नसकेको छैन। यसबारेमा प्रतिक्रिया दिँदै खनालले पत्रकारहरुसँग कुरा गर्दै खनालले त्यो अरुले गर्ने विषय नभएको टिप्पणी समेत गरे।
‘कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा हो, अरुले गर्ने होइन। हाम्रो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुराको निर्णय नेकपा एकीकृत समाजवादीले गर्छ यो धर्तीका अरु कुनै तागतले गर्ने कुरा होइन त्यो,’ खनालले भने।
६ महिनापछि मन्त्री हेरफेर गर्ने निर्णय पहिले नै नभएको भन्दै खनालले त्यसै अनुसार कमिटीबाट निर्णय भएको बताए।
प्रतिक्रिया दिनुहोस्