काँग्रेसले पनि केहि मन्त्रीहरु फेरवदल गर्नुपर्छ- गगन थापा

नयाँ पोस्ट
नयाँ पोस्ट २३ जेष्ठ २०७९, सोमबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

नयाँ मन्त्री फेर्ने विषयले सत्तारुढ दलहरुमा तरंग ल्याएको छ। नेकपा एकीकृत समाजवादीले आइतबार मन्त्री फेर्ने निर्णय गरेपछि अन्य दलहरुमा पनि मन्त्री फेर्ने विषय प्रमुख बनेको छ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र नयाँ अनुहारलाई मन्त्री बनाउने विषयमा छलफल सुरु भइसकेको बताए। उनले मन्त्री फेरबदल गर्ने र नयाँ अनुहारलाई काम देखाउने मौका दिनुपर्ने माग पार्टीमा आएको बताए।

‘मन्त्रीहरु केही फेरबदल हुनुपर्छ। खासगरी अहिलेसम्म मन्त्री नभएका साथीहरुलाई आफ्नो काम देखाउने मौका पाउनुपर्छ भन्ने पार्टीभित्र व्यापक माग छ। तर समय थोरै भएकाले गर्ने कि नगर्ने मुख्य कुरा हो,’ संसद बैठकबाट निस्किने क्रममा उनले सञ्चारकर्मीसँग भने, ‘दलको नेताको हिसाबले उहाँ (शेरबहादुर देउवा) ले के चाहनुहुन्छ भन्ने कुरामा भर पर्छ।’

त्यस्तै जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्ने विषय मुख्य बनेको छ। पार्टीमा प्रदीप यादव, प्रमोद साह, इस्तियाक राईलगायतलाई मन्त्री बनाउनुपर्ने मागसहित शीर्ष नेताहरुलाई दबाब सिर्जना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्