नेकपा माओवादी केन्द्रले प्रत्येक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाउन मातहतका कमिटीमा सर्कुलर पठाएको छ । माओवादीले १०० रुपैयाँ एक महिनाभित्र उठाएर पठाउन पनि निर्देशन दिएको छ ।
जेठ २२ गते बसेको माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टीको भौतिक संरचना विस्तारका लागि हरेक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाउने निर्णय गरेको थियो । सोहीअनुसार अध्यक्ष प्रचण्डले प्रदेश इन्चार्ज तथा अध्यक्षहरूलाई सर्कुलर पठाएर केन्द्रीय कार्यालयको भौतिक पूर्वाधार विस्तारका लागि स्रोत संकलन गर्न सिंगो पार्टीलाई परिचालन गर्ने निर्णय भएको बताएका छन् ।
त्यसका लागि पार्टी सदस्यहरुबाट न्युनतम १०० रुपैयाँ आर्थिक सहयोग संकलन गरी एक महिनाभित्र केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिएको एक नेताले बताए ।
प्रतिक्रिया दिनुहोस्