संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नै पार्टीका नेताहरूले आफूलाई बदनाम गरेको गुनासो गरेका छन्।
आलेले धेरै चलेखेल गरेको भन्दै आफ्ना पार्टीका ‘चिप्लेकिरा’हरू अन्तवार्ता दिइरहेको आरोप लगाए।
पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले आफू ६ महिनामै पद छाड्नेगरी सरकारमा आएको बताए। पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आफूले अन्य नेतालाई मौका दिन मन भए आफू फिर्ता हुन तयार रहेको बताए।
तर, आफ्नाविरुद्ध पार्टीकै नेताहरू सक्रिय भएको भन्दै आक्रोश पोखे। ‘मेरो पार्टीको आदरणीय नेता माधवकुमार नेपाललाई मन्त्रीमण्डल निर्माण गर्दा ६ महिनाको लागि हामीलाई तोकिएको थियो। मैले त्यहिबेला भनेको थिएँ–हामीले त आठ महिना खान पायौं। दुई महिना त ग्रेसमार्क पाइसक्यौं। अरु साथीहरूलाई मौका दिने तपाईंको इच्छा छ भने दिनुसस् म खुशी छु भनेर मैले सहमति पनि दिएको हो,’ उनले भने, ‘हाम्रै पार्टीभित्रका केही चिप्ले चोरहरू, चिप्ले किराहरू आलेले धरै चलखेल ग¥यो भनेर इन्टरभ्यू दिइरहेका छन्।’
उनले आफूलाई मन्त्रीको लोभ नभएको बताए। मन्त्री पदमा रहुन्जेल आफूले इमान्दारिताका साथ काम गर्ने आलेको भनाइ छ। उनले भने, ‘मलाई कुनै मन्त्रीको लोभ छैन। म जति दिन, जति समय, यो कुर्सीमा बस्छु, देश र जनताको शिर ननिहुरिने गरी म काम गर्छु।’
प्रतिक्रिया दिनुहोस्