-उद्दव पोखरेल
माला चढाउँछौ तिमी मलाई
फूल र अबिर पनि
भाषण गर्छौ लम्बेतान, लच्छेदार
चर्चा गर्छौ सहिदको योगदानमाथि बारम्बार
अनि मौन धारण पनि गर्छौ एक मिनेट
मेरा सपनाहरू के थिए लगाउँछौ बेलिबिस्तार
त्यसपछि तिमी हुन्छौ चिल्लो गाडीमा सवार
सत्तसिन तिमी बन्छौ पटक पटक नरभक्षी पशु खुंखार
र गर्छौ मेरा सपनाहरूको ब्यापार
म त चौबाटोमा उभिएको सालिक न हुँ विवस र लाचार
यदि कुनै दिन म सालिकबाट भएँ भने फेरि जूलूस ,
उठेँ भने लिएर रक्तबीज
हुनेछ प्रलय
फुट्नेछ ज्वालामुखी
रहनेछैन जनघाती सत्ताको नामोनिशान
प्रतिक्रिया दिनुहोस्