कृष्णराजको बालेनलाई सुझाव : व्यवस्थापनको कुरा नमिलुञ्जेल फोहोर टुडिखेलमा राखौँ

नयाँ पोस्ट
नयाँ पोस्ट २६ जेष्ठ २०७९, बिहीबार
पढ्न लाग्ने समय 2 मिनेट
Aa

काठमाडौंका शहरमा फोहोर अस्तव्यस्थ भइरहेका बेला युवा व्यवसायी कृष्णराज तिमिल्सिनाले तत्कालका लागि टुडिखेलमा जम्मा गर्न सुझाव दिएका छन् । सामाजिक सञ्जाल मार्फत काठमाडौं महानगरका मेयर बालेन शाहलाई संबोधन गर्दै उनले फाहोर फाल्ने ठाउँ नमिलुञ्जेल टुडिखेलको साइडमा छेकबार लगाएर राख्न भनेका छन् । ठाउँ मिलेपछि त्यहाँबाट फोहोर लैजान पनि सजिलो हुने उनले सुझाएका छन् ।


कृष्णराजले भनेका छन्–‘प्रिय मेयर बालेन्द्र, काठमाडौं को फोहोर ले तिमिलाई खुब पोलिरहेछ तिमिलाई चुनाब जिते देखि नै यहि फोहोर ब्यबस्थापन को लागि दिन रात नभनी अहोरात्र खटिरहेको छौ तर पनि किन हो के मिलेन कि कस्ले मिल्न दियन सफल हुन सकेको छैनौ । बर्षायाम को समय छ ठूलो पानी पर्दा सबै फोहोर बगायर काठमाडौं झन दुर्गन्धित हुँदै छ र ठुलो रोग निम्त्याउदै छ यस्ले तिमी झन राजनितीक रुप मा कमजोरी हुँदै छौ वा कमजोरी बनाइदै छ थाहा भयन । बरु उता फोहोर फाल्ने ठाउँ मा कुरा नमिल्न्जेल जति पनि फोहोर छ प्लाष्टिक को ठुलो ठुलो ब्याग मा राम्रो सङ बन्द गरेर टुडिखेल मा एक साइड मा छेकबार लगायर जम्मा गरि राख्नु र पछि त्यहा बाट डम्पिङ साइट मा लग्नु सारा काठमाडौं दुर्गन्धित हुनु भन्दा केही समय टुडिखेल दुर्गन्धित हुनु राम्रो ।’
आजै महानगर प्रमुख बालेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी फोहोर मैला व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्