श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ

नयाँ पोस्ट
नयाँ पोस्ट २९ जेष्ठ २०७९, आईतवार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

गुल्मीमा आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । मदाने गाउँपालिका–४ पुरका एक पुरुष आइतबार पक्राउ परेका हुन् ।

२४ वर्षीय पीडित श्रीमतीले आफुलाई श्रीमानले वैवाहिक जबर्जस्ती करणी गरेको जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

पक्राउ परेका पुरुषलाई वैवाहिक जबर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको समेत खरेलले बताए । श्रीमानले आफुलाई डर, धाक, धम्की दिई पटक पटक इच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको भनी पिडित श्रीमतीले प्रहरीमा जाहेरी दिएकी थिईन् । घटनाकाु थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्