मंगलबार प्रेमी शरदसँग विवाह गर्दै गायिका इन्दिरा जोशी

नयाँ पोस्ट
नयाँ पोस्ट २९ जेष्ठ २०७९, आईतवार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग मंगलवार विवाह गर्ने भएकी छिन् । उनले यसको जानकारी समाजिक सञ्जाल मार्फत दिएकी हुन् । उनले इन्स्टाग्राममा पोस्ट राख्दै मंगलबार शरदसँग विवाह गर्न लागेको जानकारी गराएकी हुन् ।

‘भगवानको कृपा र परिवारको आशिवार्दलाई साक्षी राख्दै हामीले जुन १४ मा विवाह गर्ने निर्णय गरेका छौँ । यो यहाँको आशिर्वाद र शुभेच्छा भोलिका दिनमा पनि रहनेछ भन्ने अपेक्षा राखेका छौँ’ उनले लेखेकी छिन् ।

आइतबार पारिवारिक समारोहमा दुबैको मेहन्दी कार्यक्रम सम्पन्न भएका तस्बिर सार्वजनिक भएका छन् । नेपाल आइडलको मञ्चबाट गायनमा प्रवेश गरेकी इन्दिराले आइटम गायिकाको रुपमा पाश्र्व गायनमा नाम कमाएकी थिइन् ।

इन्दिराका हुनेवाला दुलाहा शरद केडियो फेसन डिजाइनर रहेको बताइएको छ । यो जोडीले गत वर्ष सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए ।

शरदले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औँठी लगाइदिएका थिए भने इन्दिराले बिहेको प्रस्ताव स्वीकारेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्