हास्य टेलिश्रृंखला ‘तीतो सत्य’का कलाकार राज आचार्य विवाह बन्धनमा बाँधिएका छन् । उनले कलाकार सुनिशा बजगाईंसँग मंगलबार विवाह गरेका हुन् ।
उनको विवाहमा सरिक भएको तस्बिर कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आफ्नो फेसबुकमा पोष्ट गरेकी छन् ।
‘तीतो सत्य’मा राजले बाल कलाकारको भूमिका निभाएका थिए । सीए अध्ययन सुरु गरेपछि उनी कलाकारिता क्षेत्रबाट टाढिएका थिए ।
लामो समयपछि केही महिना अगाडि उनी म्युजिक भिडियोमा देखिएका थिए ।
प्रतिक्रिया दिनुहोस्