रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन

नयाँ पोस्ट
नयाँ पोस्ट ७ असार २०७९, मंगलवार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

पत्रकारिता पेशा छाडेर सक्रिय राजनीति शुरू गरेका रवि लामिछानेले दल दर्ताका लागि मंगलवार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

रविले आजै राष्ट्रिय सभा गृहमा कार्यक्रम गर्दै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् । पार्टीमा उनी सभापति छन् ।

‘साथीहरूले दलको सभापति मलाई चुन्नु भएको छ,’ दल दर्ताका लागि निवेदन दिएपछि सञ्चारकर्मीसँग उनले भने, ‘अरू साथीहरूको हकमा भने निर्वाचन आयोगले दल दर्ता गरेर प्रमाणपत्र दिएपछि सार्वजनिक गर्छौं ।’

उनले आफूहरूले संवैधानिक समाजवादलाई अंगीकार गरेको बताए । ‘जनताको अवस्था फेर्न हामी आएका हौँ,’ उनले भने, ‘टिम पनि हामीले समावेशी बनाएका छौँ ।’

यस्तै उनले आफूले कुन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तय नभएको बताए । देशभरका जनताको राय लिने र त्यसपछि निर्णय गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्