विभिन्न वस्तुको मूल्यवृद्धिविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्ना जनसंगठनलाई सडकमा उतार्ने भएको छ ।
नेकपा एमालेले जनसंगठन समन्व्य संयन्त्रमार्फत सडक आन्दोलना जाने निर्णय गरेको हो ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा आज बसेको संयन्त्रको बैठकले आकासिएको मूल्यवृद्धि, रासायनिक मलको अभाव र विद्यार्थीले पाठ्यपुस्तक नपाएको बिषय अत्यन्तै संवेदनशील रहेकोले आन्दोलनमा जाने निर्णय लिएको हो ।
मूल्यवृद्धिको कारण जनजीवन प्रभावित भएको अवस्थामा पनि सरकारले अत्यन्तै गैरजिम्मेवार बनेको भन्दै आन्दोलनको विकल्प नरहेको समन्वय संयन्त्रका संयोजक तथा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले बताए ।
उनले मूल्यबृद्धिबिरुद्ध सडक आन्दोलनमा गइसकेको अनेरास्वबियुलगायतका जनसंगठनले आन्दोलन जारी राख्ने र अन्य जनसंगठन पनि आन्दोलनमा समाहित भएर प्रभावकारी बनाउँदै सरकारलाई झुक्न बाध्य बनाउने जानकारी दिए ।
बैठकको निर्णय अनुसार २२ वटै जनसंगठनलाई मूल्यवृद्धि विरुद्ध सडकमा उतार्न लागेको हो
प्रतिक्रिया दिनुहोस्