फेरी सर्‍यो माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक

नयाँ पोस्ट
नयाँ पोस्ट १० असार २०७९, शुक्रबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको १५ असारलाई तोकिएको बैठक फेरि १९ गतेका लागि सरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बैठक १९ गते बिहान ११ बजे प्रज्ञा भवनमा बस्ने जानकारी दिए ।

असार १५ धान दिवस भएको र खेतपाती गर्ने मुख्य समयमा बैठक राख्न उपयुक्त नहुने भन्दै बैठक फेरि सारिएको हो । यसअघि स्थानीय चुनाव सकिएलगत्तै २० जेठमा बैठक बस्ने भनिएको थियो । तर माओवादीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले १० असारमा बजेट पेश गर्नु पर्ने भएकाले बैठक उचित नहुने भन्दै सारिएको थियो ।

गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अहिलेसम्म केन्द्रीय समितिलाई पूर्णता दिन सकेको छैन भने पदाधिकारी पनि चयन भएका छैनन् । त्यस्तै नेताहरुको कार्यविभाजन पनि हुन सकेको छैन । अमेरिकी सहयता परियोजना एमसीसीका कारण पार्टीभित्र देखिएको विवादमा चुनावपछि बहस गर्ने भनिएको थियो । तर बैठक नै बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्