शंखरापुरका मेयर नापितले गरे नाङ्लेमा भासिएको सडक निरिक्षण, मर्मत गर्न सडक विभागलाई पत्राचार

नयाँ पोस्ट
नयाँ पोस्ट १३ असार २०७९, सोमबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

काठमाडौंको शंखरापुर नगरपालिका प्रमुख रमेश नापित सहितको टोलीले नगरपालिका क्षेत्रभित्र भासिएका सडकको स्थलगत अवलोकन गरेका छन् ।
काठमाडौं–मेलम्ची राजमार्ग अन्तरगत सो नगरपालिका भित्र पर्ने बागधारा र नाङ्लेमा भासिएको सडकको सोमबार स्थलगत अवलोकन गर्दै सडक डिभिजन कार्यालय काठमाडौंलाई पत्राचार गरेको मेयर रमेश नापितले जानकारी दिए । बर्षाका कारण तथा कालोपत्रे गर्दा तहमाथि तह गर्नुपर्नेमा सो नभएकोले सडक केही भासिएको हो ।
सडकको ठेक्का पाएको निर्माण व्यवसायीले आफूलाई भेटेर तत्काल सडक मर्मत गर्ने प्रतिबद्धता जनाएको नापितले बताए । उनले सडक भासिएको सम्बन्धमा स्थानीयले ध्यानाकर्षण गराएपछि स्थलगत रुपमा अवलोकन गरेर सरोकारवाला निकाय सडक डिभिजन कार्यालय काठमाडौंलाई पत्राचार गरी ध्यानाकर्षण गरिएको उल्लेख गरे ।
नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत नगरपालिकाका प्राविधिकले संयुक्त रुपमा सो सडक खण्डको अवलोकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्