एसियन हाप्किडो च्याम्पियनसिपमा विजया कुमारी वाइवालाई स्वर्णपदक

नयाँ पोस्ट
नयाँ पोस्ट १८ असार २०७९, शनिबार
पढ्न लाग्ने समय 2 मिनेट
Aa

उज्बेकिस्तानको फर्गानामा १ जुलाई देखि २ जुलाई सम्म आयोजना भइरहेको एसिया हाप्किडो च्याम्पियनसिप २०२२ मा नेपालले स्वर्ण पदक जितेको छ ।
हाप्किडो राष्टिय खेलाडी विजया कुमारी वाइवाले महिला तर्फ ५० देखी ५५ तौल समुहमा स्वर्ण पदक प्राप्त गरेकी छिन । शुक्रबार भएको खेलमा उनले सो पदक हात पारेकी हुन् । हाप्किडो मार्सल आर्ट अन्तर्गत पर्ने एक खेल हो ।
यस्तै पुरुष तौल समुह तर्फ ७० केखी ७५ तौल समुहमा प्रवीण गुरुङले कास्य पदक प्राप्त गरेका छन् । ६० देखी ६५ तौल समुहमा गुमान घर्ती मगरले कास्य पदक प्राप्त गरेको नेपाल मार्शल आट्र्स हाप्किडो संघ अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्तीमगरले जानकारी दिए ।
शनिवार महिला तर्फ ४५ देखी ५० तौल समुहमा कृती गिरिको प्रतिस्पर्धा हुँदैछ । नेपालले १ स्वर्ण र २ कास्य पदक प्राप्त गरेपछि प्रशिक्षकमा भुवन बुढा मगरले खुसी ब्यक्त गरेका छन् ।
२९ जुन देखि ३ जुलाईसम्म भइरहेको एसियाली हाप्किडो प्रतियोगितामा सहभागी हुन नेपाल मार्शल आर्ट हाप्किडो संघ अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघका समेत अध्यक्ष काली बहादुर घर्तीमगरको नेतृत्वमा ७ सदस्य टोली मंगलवार उज्जेकिस्तान प्रस्थान गरेको थियो ।
। प्रतियोगिताका लागि गण्डकी प्रदेश खेलकुद परिषद्की कार्यकारी सदस्य तथा गण्डकी प्रदेश हाप्किडो संघकी उपाध्यक्ष तारामाया थापा टिम व्यवस्थापक रहेकी छिन् ।

स्वर्णपदक बिजेता वाइबा गत स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौंको शंखरापुर नगरपालिकामा उपमेयरको उम्मेदवार थिइन् । उनले दोश्रो स्थान हासिल गर्दै सम्मानजनक मत पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्