काठमाडौंको शंखरापुर नगरपालिका वडा नंबर १ नाङ्लेभारे स्थित लामबिसौनामा सहिद किरण दंगाल स्मृति पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
आर्थिक बर्ष २०७८/०७९ का लागि बागमती प्रदेश सरकार अन्र्तगत संस्कृति तथा पर्यटन मन्त्रालयको पर्यटन विकास आयोजनाले विनियोजन गरेको १९ लाख ६८ हजार ७ सय २० रुपैयाँ र जनसहभागिता वापतको रकम रु. २ लाख २८ हजार १ सय ८९ रुपैयाँ गरी २१ लाख ९६ हजार ९ सय ९ रुपैँया लागतमा पार्क निर्माण भइरहेको हो ।
पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको दंगाल गाउँमा सहिद किरणको नाममा शहिद किरणको नाममा शहिद पार्क निर्माण उपभोक्ता समितिका सचिव कृष्णप्रसाद दंगालले जानकारी दिए ।
निर्माण भइरहेको सहिद पार्कको शंखरापुर वडा नंबर १ का अध्यक्ष बाबुराम दंगाल लगायतले अवलोकन गरेका छन् ।
हेर्नुहोस निर्माण भइरहेको शहिद पार्क स्थलका तस्वीरहरु :






फोटो : कृष्णप्रसाद दंगाल
प्रतिक्रिया दिनुहोस्