नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अराजक र उद्दण्ड कृयाकलापमा संलग्न रहेका युवराज सफल, कृष्णगोपाल वञ्जारा, निलकण्ठ पौडेल, मिननाथ देवकोटा र तेज बहादुर कार्कीलाई अभियानको केन्द्रीय कमिटी र साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको छ ।
अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले आइतबार विज्ञप्ति जारी गर्दै पाँचै जनाले गरेका कृयाकलाप आपत्तिजनक, अराजक, कृतघ्नतापूर्ण र सर्वथा अस्वीकार्य रहेको उल्लेख गरेका छन् । ‘यस्ता कृयाकलाप हाम्रो एकता अभियानका लागि कुनै ठूलो विषय थिएन, तर केही सञ्चारमाध्यमहरुले समाचारको तथ्यमा प्रवेश नै नगरी पागलपूर्ण प्रलापलाई निकै महत्व दिएर प्रचार–प्रसार गर्नुलाई सचिवालय बैठकले गम्भिर रुपमा लिएको छ’, पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘मिति २०७९र०३र१८ गते संयोजक कमरेड वामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकले यस्ता अराजक गतिविधिमा संलग्न व्यक्तिहरु युवराज सफल, कृष्णगोपाल वञ्जारा, निलकण्ठ पौडेल, मिननाथ देवकोटा र तेज बहादुर कार्कीलाई नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय कमिटी लगायत साधारण सदस्यसमेतबाट निस्कासन गर्ने निर्णय गरेको छ’, अभियानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्