नेकपा एमालेले चौतर्फी घेराबन्दीबाट पनि एमाले स्थानीय तह निर्वाचनमा शक्तिका रुपमा स्थापित भएको निष्कर्ष निकालेको छ। एमाले केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका सचिव पृथ्बीसुब्बा गुरुङले गठबन्धन सरकारको जनविरोधी कामको विरोध गर्ने निर्णय भएको जानकारी दिए।
असार मसान्तसम्म निर्वाचन समीक्षा गरेर केन्द्रीय हेडक्वार्टरमा पठाउने निर्णय गरेको छ। निर्वाचन केन्द्रित उजुरीमाथि छानविन गर्न विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ। त्यस्तै केन्द्रीयस्तर र प्रदेशस्तरको प्रशिक्षण सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
सचिवालय बैठकले पार्टीका विभिन्न विभागहरुमा मनोनित गरेको छ। नयाँ विभागका रुपमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग गठन गरिएको गुरुङले जानकारी दिए। महँगी, भ्रष्टाचारविरुद्ध जनपरिचालन गर्ने पनि निर्णय भएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्