शंखरापुरमा मेयर र नगर प्रवक्ताको ‘एक्सन’ : बाढीले क्षति पुर्याएको पुलमा तत्काल तटबन्ध सुरु

नयाँ पोस्ट
नयाँ पोस्ट २१ असार २०७९, मंगलवार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

असार २१, मंगलबार
काठमाडौं ।

काठमाडौंको शंखरापुर नगपालिकास्थित साँखु र भक्तपुरको चाँगु– छाँयाबस्ती जोड्ने पुलमा आइतबारको बाढीले क्षति पुर्यायो । सालीनदीमा आएको बाढीले सो पुलको एकातर्फको पिलरमा कटान गरेपछि यात्रा गर्नका लागि पुल जोखिम युक्त बन्यो । सोमबार नगरप्रमुख रमेश नापित, वडा नंबर ६ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ सहितको टोलीले स्थलगत रुपमा निरिक्षण भयो ।

शंखरापुर वडा ६ को सिमाना र भक्तपुरको छाँयाबस्ती जोड्ने पुल बाढीका कारण जोखिमपुर्ण भएपछि पुललाई थप क्षति हुन नदिन निर्माण व्यवसायी तथा प्राविधिकलाई तत्काल काम शुरु गर्न नगरप्रमुख नापितले निर्देशन दिएका थिए । पुलमा क्षति हुन नदिन मंगलबारदेखि नदिको बहाव परिवर्तन गर्न र पुललाई सपोर्ट गर्न ढुंगा र जाली राख्ने कामको थालनी भएको छ ।

सो कार्यका लागि नगरप्रवक्ता श्रेष्ठ आफै फिल्डमा खटिएका छन् । सो क्रममा उनले नदीले कटान नगर्ने गरी गुणस्तरीय ढंगले तटबन्ध गर्न निर्देशन दिएका छन् । खोलामा जेसिवी, मजदुर सहित स्थानीय समाजसेवीले काम थालेका छन् । राप्रपा काठमाडौं क्षेत्र नं २ का क्षेत्रिय अध्यक्ष राजु बिष्ट, समाजसेवी धर्मकृष्ण श्रेष्ठ लगायतका स्थानियबासीले श्रमदान गरेका छन् । नगरप्रमुख नापित र नगरप्रवक्ता श्रेष्ठले निरिक्षण गरेको १ दिनपछि नै पुल जोगाउनका लागि काम शुरु भएको हो ।
हेर्नुहोस तस्वीरहरु :

यो पनि पढ्नुहोस :

प्रतिक्रिया दिनुहोस्