असार २१, मंगलबार
काठमाडौं ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नंबर १ भोटेचौरमा एकीकृत घुम्ती सेवा सञ्चालन हुने भएको छ ।
मेलम्ची नगरपालिकाको आयोजनामा यही असार २४ गते बिहान ८ बजे सहरी स्वास्थ्य क्लिनिक उद्घाटन तथा सार्वजनिक सुनुवाई कार्यक्रमका साथै एकीकृत घुम्ती शिविर समेत संचालन हुने मेलम्ची वडा नंबर १ का अध्यक्ष कृष्णमुरारी चौलागाँईले जनाएका छन् ।

यही असार २४ गते शुक्रबार विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मेलम्ची नगरपालिका–१ सहरी स्वास्थ्य क्लिनिकको कार्यालय, हस्पिटल डाँडा भोटेचौरमा एकीकृत घुम्ती शिविर हुने भएको हो ।
सो घुम्ति शिविरमा महिला बालबालिका तथा सामाजिक समावेशिकरण शाखा सम्बन्धी, स्वास्थ्य सेवा सम्बन्धी, आयुर्वेद सेवा सम्बन्धी, पशु विकास शाखा सम्बन्धी, भवन तथा सहरी विकास शाखा सम्बन्धी, स्थानिय पुर्वाधार विकास शाखा सम्बन्धी, कृषि विकास शाखा सम्बन्धी, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा सम्बन्धी, रोजगार सेवा केन्द्र सम्बन्धी र राजश्व शाखा सम्बन्धी सेवा उपलब्ध हुने वडाध्यक्ष चौलागाईले जनाएका छन् ।
एकिकृत घुम्ती शिविर, सहरी स्वास्थ्य क्लिनिक उद्घाटन तथा सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हुन उनले वडा वासीलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्