नगरप्रमुख नापितले गरे वडा नंबर ५ र ८ का दुई सडकको निरिक्षण

नयाँ पोस्ट
नयाँ पोस्ट २१ असार २०७९, मंगलवार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

असार २१, मंगलबार
काठमाडौं ।
शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले वडा नंबर ५ र वडा नंबर ८ मा ढलान भइरहेका दुई सडकको निरिक्षण गरेका छन् । मंगलबार नगरप्रमुख नापित, नगरप्रवक्ता एवं वडा नंबर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ, नगरपालिकाका प्राविधिक सहितको टोलीले शंखरापुर वडा नं ५ स्थित पालुबारी देखि ईट्टाखेल जोड्ने सडकको निरिक्षण गरेको हो ।
यस्तै शंखरापुर वडा नंबर ८ स्थित भुल्भु जाने सडकको ढलान कार्यको पनि निरिक्षण गरिएको छ । सो क्रममा मेयर नापितले गुणस्तीयर ढंगले निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् ।
हेर्नुहोस तस्विरहरु :

प्रतिक्रिया दिनुहोस्