आयोगद्वारा मंसिर २ गतेका लागि निर्वाचन मिति प्रस्ताव

नयाँ पोस्ट
नयाँ पोस्ट २२ असार २०७९, बुधबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

निर्वाचन आयोगले आगामी मंसिर २ गतेका लागि प्रदेश र संघको निर्वाचनको मिति प्रस्ताव गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले मंसिर २ गतेका लागि चुनावको मिति प्रस्ताव गरेका हुन् ।

आयोगको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपिलियाले कानुनी रुपमा, मौसमको दृष्टिकोणले मंसिर २ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्न सहज हुनेबारे प्रधानमन्त्री देउवालाई प्रस्ताव गरेका थिए ।

जवाफमा प्रधानमन्त्री देउवाले आयोगले प्रस्ताव गरेको मितिको सेरोफेरोमा निर्वाचनको मिति तोक्ने बताएको प्रवक्ता पौड्यालले जानकारी दिए ।
निर्वाचन कानुनमा कुन मितिमा चुनाव गर्ने भन्ने स्पष्ट व्यवस्था नभएकोले मंसिर २२ अघि निर्वाचन गर्नुपर्नेमा आयोग स्पष्ट रहेको बारे प्रधानमन्त्रीलाई जानकारी गराइएको छ । मंसिर २२ गतेपछि हालका प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको म्याद सकिने पनि प्रधानमन्त्री देउवालाई आयोगको तर्फबाट प्रष्ट पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्