असार २२, बुधबार
काठमाडौं ।
काठमाडौंको शंखरापुर नगरपालिकामा ९५ जना तालिम प्राप्त लघु उद्यमीलाई विभिन्न प्रविधि हस्तान्तरण गरिएको छ । बुधबार साँखुमा आयोजित एक कार्यक्रमका बिच नगरप्रमुख रमेश नापितले लघु उद्यमीलाई प्रविधि हस्तान्तरण गरेका हुन् ।
शंखरापुर नगरपालिकाको आयोजनामा नेपाल सरकारको सशर्त अनुदान कार्यक्रम अन्तर्गत गरिबी निवारणका लागि लघु उद्यमी विकास कार्यक्रम २०७९ (म्येडपा कार्यक्रम) को प्रविधि हस्तान्तरण कार्यक्रम गरिएको शंखरापुर नगरप्रवक्ता एवं वडा नंबर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले नयाँ पोष्टलाई जानकारी दिए ।
कार्यक्रममा नयाँ तथा पुराना गरी ९५ जना लघु उद्यमीहरु लाभान्वित हुनेगरी प्रविधिमा पहुँच पु¥याउन विभिन्न ५ समूहहरुलाई त्यस्ता सामग्री हस्तान्तरण गरिएको हो । लघु उद्यमीहरुलाई मिनी हाते ट्याक्टर, कम्बाइन मिल, सिलाई मेसिन, लप्सि छोडाउने मेसिन, प्लाष्टिक टनेल लगायतका सामग्रीहरु वितरण गरिएको हो ।

प्रविधि हस्तान्तरणका क्रममा नगरप्रमुख नापितले आफूले सिकेको सीप तथा प्राप्त गरेको प्रविधिको सहि प्रयोग र सदुपयोग गर्दै आत्मनिर्भर बन्न सुझाव दिए । उनले आफूले सिकेको ज्ञान अरुलाई पनि बाँढ्न र प्राप्त प्रविधिबाट उत्पादन बृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
स्थानीयस्तरमा स्वरोजगार बनाउने उदेश्यका साथ उनीहरुलाई ८ दिनदेखि ३ महिनाको तालिम पछि प्रविधि हस्तान्तरण गरिएको प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, वडा अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ, वडा नंबर ३ का अध्यक्ष सुर्यमान तामाङ तथा कार्यपालिकाका सदस्यहरु उपस्थित थिए । कार्यक्रममा तालिम हासिल गरेका उद्यमीहरुलाई नगरप्रमुख नापितले प्रमाणपत्र वितरण गर्दै बधाई ज्ञापन गरेका थिए ।
हेर्नुहोस तस्विरहरु :








प्रतिक्रिया दिनुहोस्