शंखरापुर नगरपालिका वडा नं ६ ले किसानहरुलाई ५० प्रतिशत अनुदानमा काउ म्याट वितरण गरेको छ । बिहिबार वडा नंबर ६ का अध्यक्ष एवं शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले किसानहरुलाई काउ म्याट हस्तान्तरण गरेका छन् ।
आर्थिक बर्ष २०७८/०७९ को बिनियोजित बजेटबाट शंखरापुर नगरपालिका पशु शाखाको समन्वयमा ७ जना किसानहरुलाई ५० प्रतिशत अनुदानमा ३१ वटा काउ म्याट बितरण गरिएको हो ।
सो अवसरमा वडाध्यक्ष श्रेष्ठले काउ म्याटका कारण पशुपालनमा सहायता पुग्ने बताउँदै आगामी दिनमा पनि किसानहरुलाई सहज हुने यस प्रकारका सामग्री नगरपालिकाको तर्फबाट वितरण गर्दै जाने बताए । काउ म्याट पाएका पशुपालक कृषकहरुले पनि खुसी ब्यक्त गरेका छन् ।
सो अवसरमा कार्यपालिका सदस्य एवं वडा सदस्यहरुको पनि उपस्थिति रहेको थियो । यसअघि बुधबार नगरपालिकाले ९५ जना लघु उद्यमीहरुलाई विभिन्न प्रकारका प्रविधि हस्तान्तरण गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्