असार २६, काठमाडौं ।
राष्ट्रपति रनिङ शिल्ड २०७८ प्रदेश प्रतियोगितामा छनौट भएका विद्यार्थीहरुलाई शंखरापुर नगरपालिकाले शुभकामना कार्यक्रम गरेको छ । आइतबार नगरपालिका भित्रका भगवती मावि र कालिका शरण माविका विद्यार्थीहरुलाई नगरपालिकामा एक कार्यक्रम गरी शुभकामना दिइएको हो ।
बिद्यार्थीहरुलाई नगरपालिका प्रमुख रमेश नापितले माला, उपमेयर समिता श्रेष्ठले टिका र नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले खादा लगाएर सफलताको शुभकामना ब्यक्त गरे । कार्यक्रमको सञ्चालन नगरपालिकाको शिक्षा शाखा प्रमुख सुकदेव नेपालले गरेका थिए ।
सम्मानित हुने विद्यार्थीहरुमा भगवती माविबाट प्रज्वल प्रजापति, विकास घ्लान, शेरचन तामाङ, प्रणय श्रेष्ठ, सुलभ मोक्तान, आस्था घिसिङ र कालिका शरण माविबाट आशिका तामाङ र सविता वाइवालाई सम्मान गर्दै शुभकामना दिईएको हो । दशरथ रंगशालामा भइरहेको दौड, हाईजम्प र लङजम्पमा उनीहरु सहभागी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्