असार २६, काठमाडौं ।
काठमाडौंको शंखरापुर नगरपालिकाले बृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । यही असार २५ गतेदेखि २९ गतेसम्म प्रत्येक वडाबासीको पहुँच पुग्नेगरी बृहत शिविर सञ्चालन गरिएको शंखरापुर नगर पालिकाका प्रवक्ता एवं वडा नंबर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार असार २५ गते वडा नंबर ६ स्थित भाग्योदय माविमा २ सय ९७ जनालाई स्वास्थ्य परिक्षण, उपचार र निःशूल्क औषधी वितरण गरिएको छ । असार २६ गते वडा नंबर ९ स्थित इन्द्रायणी नगर अस्पतालमा २ सय ४५ जनालाई स्वास्थ्य परिक्षण, उपचार र निःशूल्क औषधी वितरण गरिएको छ ।
यस्तै असार २७ गते वडा नंबर ३ स्थित लप्सेफेदी स्वास्थ्य चौकीमा, असार २८ गते वडा नंबर १ नाङ्लेभारे स्वास्थ्य चौकीमा र असार २९ गते वडा नंबर ५ सुन्टोल स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन हुँदैछ ।
स्वास्थ्य शिविरको आयोजना शंखरापुर नगरपालिका स्वास्थ्य शाखाले सञ्चालन गरेको हो । सो शिविरमा जनरल फिजिसियन सेवा, बाल रोग सेवा, महिला तथा स्त्री रोग सेवा, हाड जोर्नी तथा नशा रोग सेवा, नाक, कान, घाँटी तथा आँखा रोगको उपचार सेवा प्रदान गरिएको प्रवक्ता श्रेष्ठले नयाँ पोष्ट अनलाइनलाई जानकारी दिए । स्वास्थ्य उपचारका लागि अस्पताल जान नसकेको विरामीहरुका लागि स्वास्थ्य शिविर लाभदायक भएको प्रवक्ता श्रेष्ठको भनाई छ ।









प्रतिक्रिया दिनुहोस्