पुर्व प्रधानमन्त्री खनालद्धारा सेन्ट लरेन्स कलेज उत्कृष्ट कलेजको रुपमा सम्मानित

नयाँ पोस्ट
नयाँ पोस्ट २९ असार २०७९, बुधबार
पढ्न लाग्ने समय 2 मिनेट
Aa

असार २९, काठमाडौं ।
सेन्ट लरेन्स कलेज उत्कृष्ट कलेजको रुपमा सम्मानित भएको छ । बुधबार २ सय ९ औं भानु जयन्ती र गूरुपुर्णिमाको अवसरमा नेपाल पर्यटन बोर्डको सभाकक्षमा फोकस नेपाल संस्थाद्धारा गरिएको समारोहमा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठले चावाहिलमा रहेको सेन्ट लरेन्स कलेजलाई उत्कृष्ट कलेजको रुपमा सम्मान गरेका हुन् । कलेजका अध्यक्ष केशव प्रसाद दंगालले सो सम्मान ग्रहण गरेका हुन् ।

लामो समयदेखि अनवरत रुपमा उत्कृष्ट नजिता दिन सफल भएकाले कलेजलाई सम्मान गरिएको फोकस नेपाल संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलले जानकारी दिए । स्थापनाकालदेखि नै बिद्यार्थीहरुमा सधै उत्कृष्ट नतिजा दिन सफल हुँदै देशका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्षम भएका आधारमा सेन्ट लरेन्स कलेजलाई छनौंट गरेर सम्मान गरिएको उनले बताए ।
सेन्ट लरेन्स कलेजले आफ्नै १० रोपनी जग्गामा अध्ययन मैत्री भौतिक संरचनामा बिद्यार्थीहरुलाई सधै गुणस्तीय शिक्षा प्रदान गर्दै आइरहेको र आगामी दिनमा पनि उत्कृष्ट नतिजा दिन सफल हुने आयोजकले विश्वास लिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनालले परम्परागत शिक्षालाई चिरेर नेपालको शैक्षिक क्षेत्रमा परिवर्तनको आवश्यकता रहेको बताए । उनले शिक्षालाई रोजगारमुखी, युवालाई आत्मनिर्भरमुखी बनाएर लैजानुपर्नेमा जोड दिए । जसले गर्दा यूवाहरुलाई स्वदेशमै रोकेर देशलाई समृद्ध बनाउन सघाउ पुग्ने उल्लेख गरे ।
सो समारोहमा देशका विभिन्न क्षेत्रमा रहेका १३ वटा शैक्षिक संस्थालाई सम्मान गरिएको फोकस नेपाल संस्थाका अध्यक्ष पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्