शंखरापुर १ नाङ्लेभारेमा शहिद किरण दंगाल पार्कको उद्घाटन (फोटो फिचर)

नयाँ पोस्ट
नयाँ पोस्ट ३२ असार २०७९, शनिबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

शहरी विकास मन्त्री मेटमणी चौधरीले काठमाडौंको शंखरापुर नगरपालिका वडा नंबर १ नाङ्लेभारेमा नवनिर्मित शहिद किरण दंगाल पार्कको उद्घाटन गरेका छन् । नाङ्लेभारे लामबिसौना स्थित चिहान डाँडा जंगलमा शनिवार पार्क निर्माणकर्ता उपभोक्ता समितिले गरेको एक समारोहमा मन्त्री चौधरीले पार्क उद्घाटन गरेका हुन् ।
तत्कालीन माओवादीले गरेको सशस्त्र आन्दोलनका क्रममा २०६० सालमा राज्यपक्षबाट भएको आक्रमणमा मृत्यु भएका तत्कालीन नाङ्लेभारे ८ पटापका किरण दंगालको स्मृतिमा सो पार्क बनाइएको हो । बागमती प्रदेश सरकारले दिएको २२ लाख बजेटमा उपभोक्ता समिति मार्फत सो पार्क बनाइएको हो ।

हेर्नुहोस तस्वीरहरु :

प्रतिक्रिया दिनुहोस्