चोरी डकैती बढेपछि शंखरापुर नगरपालिकाद्धारा सानागाउँको चोकमा सीसी क्यामेरा जडान

नयाँ पोस्ट
नयाँ पोस्ट ३२ असार २०७९, शनिबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

असार ३१, काठमाडौं ।
चोरी डकैतीका घटना बढ्न थालेपछि काठमाडौंको शंखरापुर नगरपालिकाले बिभिन्न चोकहरुमा सीसी क्यामेरा जडान थालेको छ । सो नगरपालिकाको वडा नंबर ९ इन्द्रायणीमा चोरीको घटना बढेपछि सानागाउँ चोकमा सीसी क्यामेरा जडान गरिएको हो ।
नयाँ आर्थिक वर्ष सुरु भइनसकेकोले पछि रकम भूक्तानी गर्नेगरी फास्ट ट्रयाकमा सीसी क्यामेरा जडान गरिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले नयाँ पोष्टलाई जानकारी दिए । आगामी दिनमा आवश्यकता हेरी नगरपालिकाका मुख्य चोक र सडकमा सीसी क्यामेरा जडान गर्दै जाने उनले बताए ।
हालैका दिनमा इन्द्रायणी साना गाँउमा भएको चोरी डकैती घटनाका पीडितलाई भेट्दै नगरप्रमुख रमेश नापितले नगरको सुरक्षाका लागि सीसी क्यामेरा जडानलाई ब्यवस्थित बनाउँदै लैजाने बताएका छन् ।
नगरको मुख्य चोक र सडकहरूमा सीसी क्यामेरा जडान गरि नगरबासीहरूको धनजन सुरक्षित गर्न नगरपालिका प्रतिबद्ध रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्