गुणस्तरीय शिक्षाका लागि अब्बल सेन्ट लरेन्स कलेज उत्कृष्ट टप टेनमा

नयाँ पोस्ट
नयाँ पोस्ट १ श्रावण २०७९, आईतवार
पढ्न लाग्ने समय 3 मिनेट
Aa

सेन्ट लरेन्स कलेज, चावाहिल उत्कृष्ट ‘टप टेन’ कलेजभित्र पर्न सफल भएको छ । विगत लामो समयदेखिको उत्कृष्ट शिक्षण प्रणाली तथा कलेजले हासिल गरेको उत्कृष्ट नतिजाका आधारमा टप टेनभित्र पर्न सफल भएको हो ।
चर्चित मिडियाहरुले विभिन्न मापदण्ड र विभिन्न आधार तय गरेर गरिएको अध्ययनका क्रममा सेन्ट लरेन्स कलेजले ती मापदण्ड पूरा गरेका आधारमा उत्कृष्ठ १० कलेजभित्र पर्न सफल भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा हासिल गरेको शैक्षिक परिणाम, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता हासिल गरेको उपलब्धी, राम्रो ‘प्लस टु’ बन्न शिक्षण संस्थाले गरेको मेहनत, शिक्षण संस्थाबाट उत्पादित विद्यार्थीको ‘प्लेसमेन्ट’, अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीको अनुभव, डिजिटल प्लेटफर्ममा कलेजको उपस्थितिलगायत मापदण्डका आधारमा सो कलेज छनौटमा परेको हो ।
काठमाडौंको चावहिलमा रहेको सेन्ट लरेन्स कलेज गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजका रुपमा अग्रणी शैक्षिक संस्थाको रुपमा रहेको छ । सन् १९९७ मा स्थापना भएको यो कलेज काठमाडौं चाबहिलको पिपलबोटमा छ । उच्च माध्यमिक तहदेखि स्नात्तोकतर सम्मको अध्ययन हुने यो कलेजमा प्लस टू तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुनमा अध्ययन हुँदै आएको छ ।

गरिब र जेहेन्दार विद्यार्थीलाई आंशिक र पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको यो कलेजले शैक्षिक प्रदर्शन, कक्षा गतिविधि र शैक्षिक प्रगतिका आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने गरेको छ ।
अनुशासित र उत्कृष्ट शैक्षिक वातावरणका लागि छुट्टै पहिचान बनाएको यो कलेजले विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि उपयुक्त हुन कक्षा ११ बाट नै पहल गर्ने गर्छ । प्रतिस्पर्धात्मक कक्षाको वातावरण कायम राख्दै शैक्षिक र अतिरिक्त पाठ्यक्रममा सेन्ट लरेन्सले विशेष ध्यान र्पुयाउँदै आएको छ ।
माध्यामिक र विश्वविद्यालय तहको शिक्षामा लगातार प्राप्त गरेको नतिजाले सेन्ट लरेन्साई उत्कृष्ट कलेजका रुपमा स्थापित गराएको छ । गरिब र जेहेन्दार विद्यार्थीलाई आंशिक र पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको यो कलेजले शैक्षिक प्रदर्शन, कक्षा गतिविधि र शैक्षिक प्रगतिका आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने गरेको छ ।
यातायात, पुस्तकालय, ल्याब, होस्टल, क्यान्टिनलाई आधुनिक बनाएको सेन्ट लरेन्सले अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सधैं प्रेरित गर्ने गरेको छ । केन्द्रबिन्दू डटकम लगायतका मिडियाहरुले विभिन्न मापदण्डका आधारमा कलेजहरुको अध्ययन गरेर टप–२० कलेजहरु छनौंट गरिएको हो । जसमा सेन्ट लरेन्स कलेज उत्कृष्ठ १० औं स्थानमा पर्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्