-अप्सरा भुर्तेल
हिड्दै जाँदा ठेस, पुर्याउने छन् धेरै
जिन्दगीको जुवामा, हराउने छन् धेरै
विश्वास नगर्नुस कसैले कसैको पनि
यहाँ हँसाउने भन्दा, रुवाउने छन् धेरै

निष्ठुरीलाई याद, मेरै जस्तै आउने भए
आँखामा नि आँसु, मेरै जस्तै आउने भए
किन पाउँथ्यो र यो दिलले सजाय
पिरतीमा नि कानुन र, अदालत हुने भए

देश अनुसारको भेष, कसरी गरुँ म
आफ्नै सिद्धान्तको हत्या, कसरी गरुँ म
यहाँ त पल पल जलेर बाँच्नु परेको छ
खुसीका रङ्गहरु यी ओठमा, कसरी छरुँ म
२०७९ साउन ३, काठमाडौं ।
प्रतिक्रिया दिनुहोस्