डा.राजन लुईटेलको पुस्तक ‘अक्षरको राजमार्गमा डाक्टर’ विमोचन र हस्पिटल उद्घाटन सम्पन्न

नयाँ पोस्ट
नयाँ पोस्ट ४ श्रावण २०७९, बुधबार
पढ्न लाग्ने समय 3 मिनेट
Aa

उर्जावान डा. राजन लुँईटेलको पुस्तक ‘अक्षरको राजमार्गमा डाक्टर’ एक समारोहका बिच बिमोचन भएको छ । असार २९ गते काठमाडौंको साँखु सलम्बुटार जंगलछेउ पिपल्स लाइफ केयर हस्पिटलको नयाँ भवन र अक्सिजन प्लान्टको उद्घाटन तथा ‘अक्षरको राजमार्गमा डाक्टर’ पुस्तकको विमोचन एकैसाथ गरिएको हो ।
सो समारोहमा प्रमुख अतिथिको रुपमा डा.लुँईटेलकी माता कृष्णकुमारी लुँईटेल, विशेष अतिथि सांसद सुदन किँराती, तथा अन्य विभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरु अथितिको रुपमा रहेका थिए । उनीहरुले संयुक्त रुपमा एकसाथ पुस्तक विमोचन तथा पिपुल्स लाइफ केयर हस्पिटलको नयाँ भवनको एकसाथ उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै सांसद सुदन किराँतीले लामो संघर्षबाट यहाँसम्म आइपुग्न सफल भएकोमा डा.लुँईटेललाई बधाई ज्ञापन गरे । कार्यक्रममा बाेल्दै डा.राजन लुँईटेलले आफ्नाे याे सफलतामा आमा कृष्णकुमारी लुईटेल, धर्मपत्नी डा.लक्ष्मी लुईटेलकाे महत्त्वपूर्ण साथ, सहयाेग र प्रेरणा रहेकाे बताए । उनले शंखरापुर नगरबासी दाजुभाइ दिदीबहिनी, समाजसेवी, राजनीतिक दलका नेता कार्यकर्ताहरू प्रतिपनि अभार प्रकट गर्दै सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए । कार्यक्रममा शंखरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठ, प्रदेश, क्षेत्र र नगरस्तका विभिन्न राजनीतिक पार्टीका नेताहरु सहभागी थिए भने घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालको उपस्थिति रहेको थियो ।
झन्डै ४ सय पुष्ठ रहेको डा.राजन लुईटेलको जिवन संघर्षमा आधारित ‘अक्षरको राजमार्गमा डाक्टर’ पुस्तक घोष्ट राइटिङ नेपालले तयार पारेको हो ।
साँखु बजारबाट सलम्बुटार जंगलछेउ स्थानान्तरण गरिएको अस्पतालको नयाँ भवनमा अक्सिन प्लान्ट, अक्सिजन सिलिन्डर भर्ने फ्याक्ट्री सहितको सेवा विस्तार गरिएको छ । हाल २५ शैया रहेको अस्पताललाई आगामी बर्षसम्म ५० शैया पु¥याउँने गरी सेवा विस्तार गर्न लागिएको डा. राजन लुँईटेलले जानकारी दिए । १० जना भन्दा बढी विशेषज्ञ डाक्टरले नियमित सेवा दिने र अन्य थप विशेषज्ञ सेवा पनि थप गर्दैै जाने डा.लुँईटेलले जानकारी दिए ।
पुस्तक विमोचन तथा सेवा विस्तार गरिएको हस्पिटलको उद्घाटन समारोहमा बृहत निःशूल्क स्वास्थ्य शिविर गरिएको थियो ।
सो शिविरमा २१ विधा भन्दा बढी विधामा ३५ जना विशेषज्ञ डाक्टरहरुद्धारा विभिन्न स्थानबाट सहभागी ३ हजार जनाभन्दा बढीको निःशूल्क स्वास्थ्य परिक्षण गरिएको थियो । उनीहरुले एक्सरे, भिडियो एक्सरे, रगत जाँच, इसिजी लगायतका अन्य विभिन्न स्वास्थ्य सेवा पाएका थिए । सेवा बिस्तार गरिएको हस्पिटलबाट सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने डा.लुँईटेलले जानकारी दिए ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस्