सेन्ट लरेन्स कलेज ‘एक्सेलेन्स कलेज’ अवार्डद्वारा सम्मानित

नयाँ पोस्ट
नयाँ पोस्ट ११ श्रावण २०७९, बुधबार
पढ्न लाग्ने समय 2 मिनेट
Aa

साउन ११, काठमाडौं ।
सेन्ट लरेन्स कलेज, चावाहिल यस बर्षको ‘एक्सलेन्स कलेज’ अवार्ड सहित सम्मानित भएको छ । बुधबार काठमाडौंमा भारतीय अन्तर्राष्ट्रिय शैक्षिक संस्था हिमाक्षरा र नेपालको शिक्षालय राष्ट्रिय मासिकले संयुक्त रुपमा गरेको १४ औं अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा प्रेसिडेन्ट इन्टरनेश्नल एजुकेशन अवार्ड २०२२ अन्तरगत सेन्ट लरेन्स कलेजलाई ‘एक्सलेन्स कलेज’ अवार्डबाट सम्मान गरिएको हो ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले कलेजका अध्यक्ष केशवप्रसाद दंगाल र प्रिन्सिपल पुरूषोत्तम महर्जनलाई संयुक्तरूपमा सो अवार्ड प्रदान गरेकी हुन् । लामो शैक्षिक अनुभव र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको आधारमा सेन्ट लरेन्स कलेजलाई सो अवार्ड प्रदान गरिएको कार्यक्रम आयोजकको भनाई छ ।

कार्यक्रममा प्रमुख अतिथि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले राष्ट्रका लागि कस्तो जनशक्ति तयार पार्ने भन्ने कामका लागि शैक्षिक संस्थाको ठूलो भूमिका रहेको बताईन् ।
उनले भारतका राष्ट्रपति एपिजे अब्दुल कलाम र नेपालको पहिलो राष्ट्रपतिको डा.रामवरण यादवको नामबाट नेपाल तथा विदेशका उत्कृष्ठ विद्यार्थी, शैक्षिक संस्था र शिक्षासेवीलाई सम्मान गर्न पाएकोमा आभार प्रकट गरिन् । मन्त्री भुसालले राज्यको तर्फबाट गर्नुपर्ने सम्मान नेपाल र भारतका दुई संस्था मिलेर गरेकोमा नेपाल सरकारका तर्फबाट धन्यवाद समेत ज्ञापन गरीन् ।

भारतीय शैक्षिक संस्था हिमाक्षराबाट डा.एपी जे अब्दुल कलाम अवार्ड २४ ब्यक्ति र शैक्षिक संस्थालाई प्रदान गरिएको हो भने प्रेजिडेन्ट ईन्टरनेश्नल एजुकेसनल अवार्डबाट २१ बिधामा विभिन्न शैक्षिक संस्थालाई सम्मान गरिएको आयोजकले जानकारी दिएका छन् ।
सो सम्मेलनमा नेपाल, भारत, साउदी अरेबिया, युएई लगायतका देशका विद्यार्थीहरु, शैक्षिक संस्था र शिक्षासेवीहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको छ ।
यसअघि सेन्ट लरेन्स कलेज फोकस नेपाल संस्थाद्धारा उत्कृष्ठ कलेजको रुपमा पूर्व प्रधानमन्त्री झलनाथ खनालद्धारा सम्मानित भएको थियो । यस्तै विभिन्न चर्चित मिडियाहरुले विभिन्न मापदण्ड र आधार तय गरेर गरिएको अध्ययनका क्रममा उत्कृष्ठ १० कलेजभित्र पर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्