शंखरापुर नगरपालिकालाई एम्बुलेन्स किन्न जोशी परिवारले गरे २५ लाख सहयोग

नयाँ पोस्ट
नयाँ पोस्ट १७ श्रावण २०७९, मंगलवार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

साउन १७, काठमाडौं ।
काठमाडौंको शंखरापुर नगरपालिकालाई एम्बुलेन्स खरिदका लागि सुरेन्द्र जोशी र रेखा जोशीले २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
नगरपालिकामा एक कार्यक्रमका बिच नगरप्रमुख रमेश नापितलाई उनीहरुले २५ लाखको चेक हस्तान्तरण गरेका छन् । प्राप्त रकमबाट छिट्टै एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याउने नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । नगरपालिकाले ६० बर्ष माथिका जेष्ठ नागरिक र गर्भवती महिलालाई अस्पताल पु¥याउन निःशूल्क एम्बुलेन्स सेवा प्रदान गर्न सो सहयोगले अझै टेवा पुग्ने उनको भनाई छ । शंखरापुर नगर अस्पताल अन्तर्गत रहेर सो एम्बुलेन्सबाट सेवा प्रवाह गरिने उनले बताए ।
प्रवत्ता श्रेष्ठले सहयोग जुटाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने राप्रपाका केन्द्रीय सदस्य एवं तारामण्डल महिला सशक्तीकरणका अध्यक्ष एवं समाजसेवी कुन्ति पोखरेल, समाजसेवी लक्ष्मण जोशीका साथै जोशी परिवारलाई धन्यवाद ज्ञापन गरेका छन् ।
काठमाडौंको बानेश्वर निवासी जोशी परिवारले शंखरापुर नगरपालिका भित्रका स्थानीय विरामी हुँदा अस्पतालसम्म पुग्न सहज होस भन्ने उदेश्यले सो सहयोग गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्