–अप्सरा भुर्तेल
न त आस्था राख्न सकेँ
न त विश्वास नै गर्न सकेँ
न खुसीमा रम्न सकेँ
न दुःखमा सहयोग माग्न सकेँ
सधै प्रश्नै प्रश्नको भीडमा
उभियो तिम्रो तस्विर
सधै एउटै प्रश्नले विथोल्छ मलाई
तिम्रो मुर्ति देखेपछि
बल्झिन थाल्छन् मनमा पीडा
र हजारौँ प्रश्नहरु
अनि सोध्न मन लाग्छ
किन ग¥यौ सृष्टिमा असमानता ?
तर
तिमी बोल्दैनौँ
किनभने
जसरी तिमी पत्थरले बनेका छौँ
तिम्रो हृदयपनि पत्थर छ
त्यसैले कि तिमी मेरा लागि
भगवान हुनै सकेनौ
रह्यो मेरो लागि त केवल ढुङ्गा
केवल ढुङ्गा
केवल ढुङ्गा
साउन १६, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्