गुणस्तरीय शिक्षाका लागि उत्कृष्ट गन्तब्य ‘सेन्ट लरेन्स कलेज’ :अध्यक्ष केशवप्रसाद दंगालसंगको अन्तरवार्ता (भिडियो सहित)

नयाँ पोस्ट
नयाँ पोस्ट २० श्रावण २०७९, शुक्रबार
पढ्न लाग्ने समय 6 मिनेट
Aa

साउन २०, काठमाडौं ।

काठमाडौंको चावाहिलमा रहेको विगत २५ वर्षदेखि सञ्चालित सेन्ट लरेन्स कलेजका बारेमा आज हामी हाम्रा पाठकहरुलाई जानकारी गराउँदैछौँ । यो अन्तरवार्ता सामग्रीको अन्त्यमा भिडियो सामग्री पनि प्रस्तुत गरिएको छ । प्रस्तुत छ कलेजका विभिन्न पक्षहरुका बारेमा केन्द्रीत रहेर कलेजका अध्यक्ष केशवप्रसाद दंगालसंग नयाँ पोष्ट डटकम अनलाइन मिडियाको तर्फबाट गरिएको यो अन्तरवार्ता :

सेन्ट लरेन्स कलेजको बारेमा जानकारी गराईदिनुहोस न ?
लामो शैक्षिक इतिहास बोकेको सेन्ट लरेन्स कलेज आजभन्दा २५ बर्ष अघि काठमाडौंमा स्थापित भएको बलेज हो । यो हाल काठमाडौंको चावाहित पिपलबोटमा रहेको छ । यो कलेजको आफ्नै स्कूल रहेको छ भने त्यसपछि स्नातक तह र स्नाकोत्तर तह पढाउने छुट्टै इकाईपनि रहेको छ । सेन्ट लरेन्स कलेज शान्त वातावरणमा आफ्नै भवनमा अवस्थित रहेको छ ।

सेन्ट लरेन्स कलेजमा कुन कुन विषयमा अध्ययन अध्यापन हुन्छ ?

सेन्ट लरेन्स कलेजमा प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुनको पढाई हुन्छ भने ब्याचलर्स तर्फ बिएससिआइटी, बिसिएस, बिबिएस, बिएबिएसडब्ल्यू र मास्र्टस तर्फ एमबिएसको पढाई हुन्छ ।


कलेजको सञ्चालनको लामो इतिहासमा हालसम्म कति बिद्यार्थीले यहाँबाट सफलता हासिल गर्न सफल भएका छन् ?

लामो इतिहास भएको हुनाले यो कलेजबाट लाखौँ विद्यार्थी पास भएर गएका छन् । शैक्षिक संस्था भनेको लामो दौडको घोडा जस्तै हो । सयौँ बर्ष गुणस्तरीय शिक्षाका साथमा अगाडि बढाउनुपर्ने हुन्छ । यो अभियानमा हामी अनवरत रुपमा लागिरहेका छौँ । बिद्यार्थीहरुका लागि एउटा राम्रो गन्तब्यका रुपमा सेन्ट लरेन्स कलेज अघि बढिरहेको छ ।


यो कलेजका बिशेषताहरु के के छन् ? अध्ययन अध्यापन प्रक्रिया कस्तो छ ?
यो कलेजमा पढाई हुने विषयहरुमा सैद्धान्तिक पक्षका अलवा व्यवहारिक पक्षमा फिल्ड वर्कहरुमा, प्राक्टिल अभ्यासहरुमा उत्तिकै जोड दिँदै आएका छौँ । प्रविधिको अत्यधिक प्रयोग हुने अहिलेको समयमा शिक्षालाई व्यवहारिकता दिँदै पढ्ने पढाउने क्रममा प्रविधिलाई उच्चतम प्रयोग गर्ने र आधुनिक प्रविधिको प्रयोग गरेर पढाउने काम भइरहेको छ । पढ्ने काम सँग–सँगै विद्यार्थी भाई बहिनीहरुको आवश्यकता र विषयको आवश्यकता अनुसार फिल्ड वर्क गर्ने, प्राक्टिल एजुकेशन दिने, विद्यार्थीहरुलाई आवश्यकता अनुसार फिल्ड भिजिट गराउने काम पनि सेन्ट लरेन्स कलेजबाट हुँदै आएको छ ।

गुणस्तरीय शिक्षाका लागि सेन्ट लरेन्स कलेजमा शिक्षक शिक्षिकाको टिम कस्तो रहेको छ ?
पक्कै पनि गुणस्तरीय शिक्षा दिनका लागि कलेज सञ्चालक मात्र भएर पनि पुग्दैन । विद्यार्थीले मात्र पनि पुग्दैन । शैक्षिक संस्थाको मेरुदण्ड भनेको विद्यार्थी भाइबहिनीहलाई पढाउने फ्याकेल्टी मेम्बर्स नै हुन् । सेन्ट लरेन्स कलेज त्यस्तो संस्था हो जसमा यसको स्थापना कालदेखि पढाउने शिक्षक शिक्षिकाहरु अहिलेसम्म पनि हुनुहुन्छ । एउटा लामो इतिहास बोकेको संस्थामा लामो अनुभव बोकेका शिक्षक शिक्षिकाहरुले पढाउने शैक्षिक संस्था भएको हुनाले विद्यार्थी भाई बहिनीहरुलाई कसरी पढाउनुपर्छ र नयाँ विद्यार्थी भाई बहिनीहरुलाई अझै फरक ढंगले र आधुनिक ढंगले बैज्ञानिक ढंगले कसरी शिक्षा दिनुपर्छ भन्ने कुरा बुझेको एउटा डेडिकेटेट फ्याकेल्टी मेम्बर्स, एक्सपेरेन्स फ्याकेल्टी मेम्बर्स र रिजल्ट ओरियन्ट फ्याकेल्टी मेम्बर्स रहेको कलेज हो सेन्ट लरेन्स कलेज ।


बिद्यार्थी पास–आउट रिजल्टको अवस्था कस्तो छ ? कलेजमा अध्यापनका लागि नयाँ कुन कुन विषय थपिँदैछन् ?
नतिजाको कुरा गर्नुपर्दा विगतमा पढाइका क्रममा पास आउट ९७ प्रतिशत भन्दा तल कहिल्यै घटेको छैन । ९९ प्रतिशतसम्म विद्यार्थी पास हुन सफल भएका थिए भने अहिलेको यो ग्रेडिङ सिस्टममा आइपुग्दाखेरी बिद्यार्थी फेल हुने रेशियो एकदमै कम छ । यसको मतलब के हो भने सी प्लस ल्याउने बिद्यार्थीहरु एकदमै कम नगन्य अवस्थामा भएकोले हाम्रो नतिजाको अवस्था शत प्रतिशत रहेको छ ।
र सेन्ट लरेन्समा हामीले पढाउने विषयमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन फ्याकेल्टी रहेको छ । यी फ्याकेल्टीमा हामीले सबै विषय विद्याथीहरुलाई व्यवस्था गरेका छौँ । जस्तै विज्ञानमा फिजिकल ग्रुप र बायो ग्रुप, म्यानेजमेन्टमा होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स, बिजनेज स्टडिज र म्याथम्याथिक्स । ह्युमानिजमा मास कम्युनिकेशन, साइकोलोजी र कानुनमा कानुनका सबै विषयहरु सेन्ट लरेन्समा पढाउँदै आएका छौँ । र सबै बिद्यार्थीहरुको आवश्यकता पूरा गर्दै आएका छौँ ।

बिद्यार्थीहरुका लागि कलेजले के कस्ता अतिरिक्त क्रियाकलापहरु गर्ने गरेको छ ?
पक्कैपनि कलेज भनेकै शैक्षिक गतिविधिहरु सँगसँगै अतिरिक्त सिकाईको एउटा पूर्ण प्याकेज हो । किनभने विद्यार्थी भाईबहिनीहरु पढ्ने मात्र काममा अभ्यस्त हुनुका साथै बेला बेलामा रिफ्रेसमेन्ट पनि गर्नुपर्ने हुन्छ । त्यो भएको हुनाले हामीले पढाई सँगसँगै हामीले अरु गतिविधी गर्नका लागि सेन्ट लरेन्स कलेजमा थुप्रै क्लबहरुको व्यवस्था गरेका छौँ । ति क्लबहरु बिद्यार्थीहरुले सञ्चालन गर्ने क्लब हुन तर त्यसलाई सबै किसिमले सेन्ट लरेन्स कलेजले सहयोग गर्छ । जस्तै साइन्स एण्ड आइटी क्बल, लरेन्स एम.यू.एन, ग्रीन आर्मी नेपाल, लिट्रेचर क्लब, सोसियल क्लब लगायत थुप्रै क्लबहरु रहेका छन् । यी क्लब मार्फत खेलकुद प्रतियोगिता, साहित्यिक कार्यक्रमहरु, सामाजिक कार्यक्रमहरु गर्ने गर्छौ । त्यसैले हामीले पढाई सँग सँगै अतिरिक्त क्रियाकलापहरु गर्नका लागि क्यालेन्डरका रुपमा लिपिवद्ध गरेका छौँ । हामीले एउटा राम्रो वातावरणमा विद्यार्थीलाई रिफ्रेस हुँदै पढ्दै गर्दा एउटा नतिजा उन्मुख बनाउँन सक्छौँ ।
अन्यमा एसईई पास गरेका बिद्यार्थी र उनीहरुका अभिभावकहरुलाई के भन्न चाहनुहुन्छ ?
अन्त्यमा यस नयाँ पोष्ट अनलाइन मिडिया मार्फत भर्खरै एसईई पास गरेका आम विद्यार्थी भाईबहिनीहरु र अभिभावकज्यूहरुलाई सेन्ट लरेन्स कलेजमा हार्दिक स्वागत गर्न चाहन्छु कि तपाईका छोराछोरीहरु राम्रो कलेज पढ्न चाहन्छन् र स्कलरसीपमा पढ्न चाहन्छन् भने तपाई सेन्ट लरेन्स कलेजमा आउन सक्नुहुन्छ । तपाईले हामीलाई भेटीसकेपछि सबै कुराको एउटा प्याकेज उपलब्ध गराउँछौँ र तपाईका छोराछोरीलाई राम्रो वातावरणमा उत्कृष्ट शिक्षा प्रदान गर्दछौँ । धन्यवाद ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस्