साउन २०, काठमाडौं ।
काठमाडौंको साँखुमा रहेको पिपल्स लाईफ केयर हस्पिटलले शंखरापुर नगरपालिकामा सेवा पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । हस्पिटलको १० औं वार्षिकोत्सवका अवसरमा साँखुमा आयोजित एक विशेष समारोहमा सो नगरपालिकाका जनप्रतिनिधिहरुका साथै सो क्षेत्रका विभिन्न महत्वपूर्ण पक्षमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको हो ।
विभिन्न ९ विधामा सम्मान गर्ने क्रममा उत्कृष्ट जनप्रतिनिधिको रुपमा वडा नंबर ६ का अध्यक्ष एवं शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठलाई सम्मान गरिएको छ । वडाध्यक्ष श्रेष्ठले गएको ५ बर्षमा वडा नंबर ६ मा कलश पोखरी निर्माण, साँखुमा कलात्मक ढुङ्गेधाराको पुर्नर्निमाणका साथै खानेपानी व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

यस्तै साँखुका संस्कृति तथा इतिहासविद् प्रकाशमान श्रेष्ठ, वरिष्ठ ईञ्जिनियर राजदास श्रेष्ठ, पत्रकार एवं लावण्य सन्देश साप्ताहिकका सम्पादक एवं प्रकाशक पवनलाल श्रेष्ठ, निजी शिक्षालयतर्फबाट उत्कृष्ट एभरग्रीन मावि, सक्व क्याम्पसका प्राचार्य लकस श्रेष्ठ, संस्थागत विद्यालय तर्फबाट उत्कृष्ट भगवती माविका प्राचार्य अनुप श्रेष्ठ, स्वास्थ्य क्षेत्रबाट बोधकुमारी बजगाइँ, समाजसेवी संगिता श्रेष्ठ, सलम्बुदेवी वन उपभोक्ता समितिका अध्यक्ष समाजसेवी राजकुमार थापालाई सम्मान गरिएको छ । नगरप्रमुख रमेश नापित र अस्पतालका निर्देशक डा.राजन लुईटेलले खादा र सम्मानपत्र सहित सम्मान गरेका हुन् ।

कार्यक्रममा नगरप्रमुख रमेश नापित सहित नगरपालिका भित्रका अन्य जनप्रतिनिधिहरुलाई पनि सम्मान गरिएको थियो ।
शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितको प्रमुख आथित्यमा भएको सो कार्यक्रममा नगरपालिका भित्रका स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि नापितले निजी क्षेत्रबाट सञ्चालन भएर पनि पिपल्स लाईफ केयर अस्पतालले सो भेगका स्थानीयलाई सर्वसुलभ सेवा दिइरहेको बताए । उनले नगरपालिका सो अस्पतालसँग मिलेर सेवा गर्न तत्पर रहेको उल्लेख गरे ।

सो अवसरमा नगर प्रवक्ता एवं वडा नंंबर ७ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले लाईफ केयर क्लिनिक हुँदै अस्पतालको रुपमा विकास भएर १० बर्षसम्म निरन्तर सेवा र सामाजिक कार्यमा अस्पतालले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले सो क्षेत्रका जनता पिपल्स लाईफ केयर अस्पतालको सेवाहरुबाट लाभान्वित भएको बताउँलै अस्पतालले अझ बढी सेवा र सुविधा पु¥याउन सकोस भन्ने कामना गरे ।
कार्यक्रममा एभरग्रीन मावि एवं सक्व क्याम्पसका प्राचार्य लकस श्रेष्ठले भूकम्प गएको बेला सो अस्पतालले चउरमै बसेरै भएपनि भूकम्प पीडितहरुलाई गरेको सेवाको प्रशंसा गरे ।
सो अवसरमा पिपल्स लाईफ केयर अस्पतालका निर्देशक डा. राजन लुईटेलले समाजसेवा गर्नेहरुलाई सम्मान गर्न यसबर्षदेखि समाजमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्दै जाने बताए ।



तस्वीर स्रोत : लावन्य सन्देश
प्रतिक्रिया दिनुहोस्