हाप्किडोकी राष्ट्रिय खेलाडी विजयाकुमारी वाइबा नगद १० हजार सहित सम्मानित

नयाँ पोस्ट
नयाँ पोस्ट २१ श्रावण २०७९, शनिबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

साउन २१, काठमाडौं ।
हाप्किडोकी राष्ट्रिय खेलाडी विजयाकुमारी वाईबालाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्रद्धारा सम्मान गरिएको छ । हाल एम.एड् तहमा अध्ययनरत बिद्यार्थी समेत रहेकी वाइबालाई उनले अध्ययन गरिरहेको काठमाडौं शिक्षा बहुमुखी क्याम्पसले शनिबार एक समारोहका बिच सम्मान गरेको हो । प्रमुख अतिथि शिक्षा शास्त्र शंकायका सहायक डिन डा. विष्णु खनाल, काठमाडौ शिक्षा बहुमुखी क्याम्पसका अध्यक्ष, प्रा.डा.माधव भट्टराई र क्याम्पस प्रमुख शस्त्रुघ्न प्रसाद गुप्ताले वाइबालाई सम्मान गरेका हुन् । पुरस्कारका साथै सो कलेजले उनलाई एम.एड तहमा फूल स्कलरसीप दिँदै निःशूल्क शिक्षाको व्यवस्था गरेको छ ।
उज्बेकिस्तानको फर्गानामा १ जुलाई देखि २ जुलाई सम्म आयोजना भएको एसियाली हाप्किडो च्याम्पियनसिप २०२२ मा उनले नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।
सो प्रतियोगितामा हाप्किडो राष्टिय खेलाडी वाइबाले महिला तर्फ ५० देखी ५५ तौल समुहमा स्वर्ण पदक प्राप्त गरेकी थिइन् । हाप्किडो मार्सल आर्ट अन्तर्गत पर्ने एक खेल हो ।
स्वर्णपदक बिजेता वाइबा गत स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौंको शंखरापुर नगरपालिकामा उपमेयरको उम्मेदवार रहेकी थिइन् । सो निर्वाचनमा उनले दोश्रो स्थान हासिल गर्दै सम्मानजनक मत पाएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्