मेयर नापित सहित जनप्रतिनिधिहरु बाढी पहिरोले क्षति गरेको शंखरापुरका टोल र खोला किनारहरुमा (फोटो फिचर)

नयाँ पोस्ट
नयाँ पोस्ट २६ श्रावण २०७९, बिहीबार
पढ्न लाग्ने समय 2 मिनेट
Aa

साउन २६, काठमाडौं ।
अविरल झरीका कारण शंखरापुर नगरपालिकामा बाढी पहिरोले विभिन्न स्थानमा क्षति पु¥याएको छ । नगरपालिकाका विभिन्न वडामा भएको क्षतिको नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ, नगरपालिकाका कर्मचारीहरु र वडाध्यक्षले संयुक्त रुपमा निरिक्षण गरेका छन् ।
प्राकृतिक विपत्तिबाट भएको क्षति रोकथाम गर्न मेयर नापितले आवश्यक निर्देशन दिनुका साथै ति क्षेत्रहरुमा तत्काल आवश्यक काम गर्न निर्देशन दिएका छन् ।
गत साउन २४ गते मंगलबारको वर्षाका कारण शंखरापुर नगरपालिकाका विभिन्न वडाहरुमा पहिरो जानुका साथै बस्ती डुवान र सडक कटान भएको थियो । मेयर नापित सहितका जनप्रतिनिधिहरुले निरिक्षण गरी थप क्षति हुन नदिन र तत्काल रोकथामको काम गर्न निर्देशन दिएको नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले नयाँपोष्ट डटकमलाई जानकारी दिए । पहिरो गएको स्थानमा तत्कालका लागि प्लाष्टिकले छोपेर पानी तर्काउने व्यवस्था गरेको र सो स्थानमा तार जालीको पर्खाल लगाउन सुरु गरिएको उनले बताए ।
बाढीका कारण नगरपालिकाको वडा नंबर ५ र ६ को सिमाना पर्ने सालीनदी खोला, यस्तै वडा नंबर ६, ७ र ९ मा पर्ने मनमता खोला, नाई खोला, महादेव खोलाले कटान गरेको क्षेत्रमा स्थलगत निरिक्षण गरी तत्काल जोखिम रोकथामको निर्देशन दिइएको हो ।
सो निर्देशन पश्चात कतै खोलाको धार परिवर्तन, कतै खोला गहि¥याउने, कतै खोलाले खेलमा थुपारेको लेदो पन्छाउने लगायतका काम जारी रहेको छ । त्यसका लागि स्काभेटर लगायत आवश्यक जनशक्ति परिचालन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
हेर्नुहोस तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस्