नगरप्रमुख नापितको पहल : अब शंखरापुर नगरपालिकाले १ सय ७९ मेट्रिक टन रासायनिक मल पाउने

नयाँ पोस्ट
नयाँ पोस्ट २६ श्रावण २०७९, बिहीबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

साउन २६, काठमाडौं ।
शंखरापुर नगर प्रमुख रमेश नापितको पहलमा सो नगरपालिकाका लागि १ सय ७९ मेट्रिक टन रासायनिक मलको कोटा निर्धारण भएको छ । गत साउन १२ गते बागमती प्रदेश कृषि तथा पशु बिकास मन्त्रालय पुगेर रासायनिक मलको कोटा बढाउन आग्रह गरेका थिए ।
विगतमा शंखरापुर नगरपालिकाका लागि ५५ मेट्रिक टन मलको कोटाबाट अहिले कृषि सामग्री कम्पनी लिमिटेडबाट १ सय ७९ मेट्रिक टन मलको कोटा निर्धारण गर्न सफल भएको हो ।
यसबाट भविष्यमा शंखरापुर नगरपालिकामा मलको समस्या केही हदसम्म समाधान हुने अपेक्षा लिइएको वडा नंबर ६ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले बताएका छन् ।
मलको कोटा बढाउन पहलका लागि मेयर रमेश नापित, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, कृषि शाखाका प्रमुख सीता गुरागाई बागमती प्रदेशको कार्यालय हेटौंडा पुगेका थिए ।

नेपालमा विदेशबाट रासायनिक मल आपुर्ति भएपछि शंखरापुर नगरपालिकाले सो परिणमको यूरिया मल पाउने कृषि सामग्री कम्पनीले जनाएको छ । कम्पनीले यही साउन २५ गते सो परिणामको मल उपलब्ध गराउनेबारेको पत्र शंखरापुर नगरपालिकालाई पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्